काठमाडौं । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थक र प्रहरीबीच झडप भएको छ । रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला सरकारी वकिल कार्यालयमा बयान भइरहँदा बाहिर उनका समर्थक र प्रहरीबीच भिडन्त भएको हो ।
चौविसकोटीबाट आइरहेको जुलुसलाई रोक्न खोज्दा जिल्ला प्रहरी कार्यालय अगाडि रास्वपा समर्थकले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । स्थिती नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास र पानीको फोहोरा समेत प्रहार गरेको छ ।
आफूहरुले संयम अपनाउँदा अपनाउँदै ढुंगा प्रहार भएपछि बल प्रयोग गरिएको चितवनका एसपी गौतम मिश्रले बताए । उनका अनुसार प्रदर्शनकारीको ढुंगा लागेर २० भन्दा बढी प्रहरी घाइते भएका छन् । यता रास्वपाका ४० बढी समर्थक पनि घाइते भएका छन् ।
रविका समर्थकहरुले अहिले पनि प्रदर्शन गरिरहेका छन् । मंगलबार काठमाडौंबाट लामिछानेलाई बयानका लागि चितवन लगिएको थियो । बयान नसकिएपछि आज बुधबार पनि लामिछानेको बयान चलिरहेको छ ।
तपाईको बिचार