शेर्पाको ‘धरोधर्म सत्य’ सार्वजनिक (भिडियो)

शेर्पाको ‘धरोधर्म सत्य’ सार्वजनिक (भिडियो)

657

काठमाडौं । गायिका पल्मु शेर्पा र सीडी विजय अधिकारीको युगल स्वरमा ‘धरोधर्म सत्य’ बोलको गीत सार्वजनिक भएको छ । यस गीतको भिडियोलाई गायिका पल्मु शेर्पाकै अफिसिय यूट्यूब च्यानल ‘पल्मु शेर्पा अफिसियल’मार्फत सार्वजनिक गरिएको हो ।

लोकशैलीको यस गीतको भिडियोलाई बबिता श्रेष्ठले निर्देशन गरेकी हुन् । भिडियोमा अभिनेत्री शिल्पा पोखरेलसँग मोडल विमल अधिकारीले अनस्क्रिन रोमान्स गरेका छन् ।

यसअघि गायिका पल्मुका ‘दार ठेकीको’, ‘ल्होेसार मेला’, ‘नाच्देऊ मैच्याङ’, ‘हिमाली छोरी’, ‘मकालु शेर्पा गाउँ’ लगायत गीतहरु चर्चित छन् ।

हालै सार्वजनिक भएको ‘धरोधर्म सत्य’ गीतमा नवराज भूमरी आचार्य र सीडी विजय अधिकारीको शब्द रहेको छ । साथै, संगीत पनि गायक अधिकारीकै रहेको छ । पुष्कर खत्रीको संगीत संयोजन गरेका छन् ।

भिडियो

तपाईको बिचार