नागार्जुन वाङ्यमय प्रतिष्ठानको शुप्रभात काव्यगोष्ठी सम्पन्न

नागार्जुन वाङ्यमय प्रतिष्ठानको शुप्रभात काव्यगोष्ठी सम्पन्न

663

काठमाडौ । नागार्जुन वाङ्यमय प्रतिष्ठानको शुप्रभात काव्यगोष्ठी मंसिर महिनाको सँस्करण सम्पन्न भएको छ। आज शनिबार प्रतिष्ठानको सभाहल बागबजारमा नियमित काव्यगोष्ठ सम्पन्न भएको हो ।

प्रतिष्ठानका अध्यक्ष दिल पौडेलको अध्यक्षतामा, तीन दर्जन कविहरुले रचना बाचन गरेका थिए । उक्त कार्यक्रममा प्रमुख अतिथि डा। धनप्रसाद सुवेदी (सचिव प्रज्ञा प्रतिष्ठान),नागार्जुन कवि श्रष्टा विशेष कवि अनिता लामा (उपमेयर बुढानिलकन्ठ नपा),विशिष्ट अतिथि प्रा.डा. जीबेन्द्रदेब गिरी,अतिथिहरु क्रमश श्री नमुना शर्मा (उपाध्यक्ष प्रलेस केन्द्रीय कमिटी), कवि डम्बर एलाक,संस्थापक वैरागी जेठा लगायतको उपस्थिति थियो ।

कार्यक्रममा प्रमुख अतिथि डा. धनप्रसाद सुवेदी र श्रष्टा विशेष कवि अनिता लामा समेत २ जनालाइ नागार्जुन वाङमय सम्मान २०८१ द्वारा सम्मान गरिएको थियो।

कविहरु कृष्णप्रसाद पौड्याल, भावकेशर बराल,गँगा खतिवडा , पार्वती भट्ट,सन्जय सोती,रुबी सत्याल, इन्दिरा निरौला,बलराम विष्ट,लब खड्का, रामप्रसाद सापकोटा, नवीन पल्लव, मिशन अधिकारी, शिवहरी पाण्डे,महेशप्रसाद सिलवाल, राजेन्द्रकुमार बर्तौला,शुसान तामाङले विभिन्न भावका कविता सुनाएका थिए ।

माधव अटल र युवराज नास्तिकले संचालन गरेको कार्यक्रममा टिभी पत्रकार राजनप्रसाद न्यौपाने लगायत संचारकर्मीहरु लोकमणि रिजाल, गंगाप्रसाद भेटवाल, जयराम विडारी, बिष्णु भण्डारीको उपस्थिति रहेको थियो ।

तपाईको बिचार