काठमाडौं । हिमालयन मेडिटेशन शिवकृपानन्द स्वामी फाउण्डेशनका संस्थापक बाबा स्वामीले (गुडविल एम्बास्डर अफ नेपाल–२०२०) ले नेपालको आध्यात्मिक, योगा तथा वेलनेश पर्यटन प्रर्वद्धनका लागि नेपालमा ध्यान शिविर आयोजन गरेको बताएका छन् ।
शुक्रबार बिहान ६ः३० मा काठमाडौंको सितापाइलास्थित हलचोकमा सशस्त्र प्रहरी बलको केन्द्रिय कार्यालयको सभाहलमा संसद् शिविर समेत सम्पन्न भएको छ ।
मंसिर १४ र १५ गते पोखरामा संसद् शिविर र रंगशालामा आम जनताका लागि ध्यान शिविर हुने बताएका हुन् । यसैगरी उक्त पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेका सांसद दामोदर पौडेल वैरागीले विश्वमा शान्ति ल्याउन चाहेको बताएका छन् । उनले हाम्रो वातवरणलाई स्वच्छ राख्नको लागि जुनसुकै ठाउँमा भएपनि स्थिरता हुन आवश्यक रहेको बताएका हुन् ।
उनले भने, ‘खासगरी विश्वमा शान्ति ल्याउन चाहन्छौं । मानवता ल्याउन चाहन्छौं । वातावरणलाई स्वच्छ राख्न चाहन्छौं, भाषा, जाति, भूगोल, शिक्षा दिक्षा र ज्ञानका हिसावले जुनसुकै ठाउँमा भएपनि हामी स्थिरता चाहन्छौं । शान्ति चाहन्छौं, र समृद्घि चाहन्छौं । ’
साथै उनले हरेक कुरामा अनुशासन हुनुपर्ने बताए । उनले हामी सबै ज्ञानी भएर काम गर्न सके हरेक कुरामा आत्मसन्तृष्टि मिल्ने बताए ।
नेपाल पर्यटन बोर्डले शिवकृपानन्द स्वामीलाई ‘भिजिट नेपाल २०२०’ को लागि सद्भावना दूत घोषणा गरेको छ ।
नेपालमा आएर अध्यात्मिक ज्ञान हासिल गरेका शिवकृपानन्द नेपाललाई केही गर्न भनी लामो समयदेखि सोचमग्न रहेको बताउँछन् । उनी यसअघि गत मंसिरमा नेपाल आएका थिए । नेपालमा आएर आफूले ज्ञान पाएका कारणले गर्दा नै नेपालमा आएर ज्ञान बाँड्ने तथा ध्यान गराउने उनको भनाइ छ ।
तपाईको बिचार