काठमाडौं । पर्वतीय पदयात्रा व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे निर्वाचित भएका छन् ।
उनी नेकपा (माओवादी केन्द्र) का तर्फबाटउम्मेदवार बनेका थिए । टानको ४६ औं वार्षिक साधारणसभा तथा निर्वाचनले उनलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो ।
मंगलबार बिहान सम्पन्न मतगणना अनुसार पाण्डेले अध्यक्ष पदका अर्का प्रत्याशी राजेन्द्र सापकोटालाई एक सय मत अन्तरले पराजित गर्दै जित हात पारेका हुन् । पाण्डेले ५ सय ८० मत पाउँदा सापकोटाले ४ सय ८० मत प्राप्त गरेका थिए । सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) का साझा उम्मेदवार सापकोटालाई पाण्डेले पराजित गरेका हुन्।
वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा ५ सय ५८ मतका साथ विजयी भए उनले पाण्डे समूहका चोलेन्द्र कार्कीलाई पराजित गर्दै जित हात पारेका हुन् । यस्तै प्रथम उपाध्यक्षमा सापकोटा समूहका विष्णुप्रसाद लम्साल निर्वाचित भए भने द्वितीय उपाध्यक्षमा सनम शेर्पा निर्वाचित भए ।
यस्तै महासचिवमा पाण्डे समुहकै सोनाम ग्यल्जेन शेर्पा विजयी भए । उनले सापकोटा समुहका राजेन्द्र प्रसाद सुबेदीलाई पराजित गरेका हुन् ।
सचिव पदमा रिञ्जी जाङबु शेर्पा, कोषाध्यक्षमा गौतम राज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित भए । सदस्यहरुमा पवित्रा तामाङ अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होम बहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे) निर्वाचित भए ।
नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा कांग्रेसको असन्तुष्ट खेमाले पाण्डे समुहलाई सघाएको थियो।
तपाईको बिचार