आज रोपाईजात्रा मनाईदै

आज रोपाईजात्रा मनाईदै

153

काठमाडौं। आज काठमाण्डौ सहित देशभर रोपाइँ जात्रा मनाइँदै छ। गाईजात्राको भोलिपल्ट काठमाण्डौ उपत्यकासहित देशभर विभिन्न ठाउँमा रोपाइँ जात्रा मनाउने गरिन्छ।

मौलिक पर्वकोरुपमा रहेको रोपाई जात्रामा धान रोप्दा गरिने कृयाकलापसँग विभिन्न जातजातीको संस्कृति र कला झल्काउने खालको अभिनय गरिन्छ । रोपाइँ जात्रा धानको रोपाइ गरी सके पछि मनाइन्छ। यो नेवार संस्कृतिबाट शुरू भएको जात्रा हो। धान रोप्ने काम सकिएको खुसीयालीमा यो जात्रा मनाइन्छ।

यो जात्रामा रोपाइँमा धान रोपे झैँ गरी नाच्ने गाउने गरिन्छ। कृषिप्रधान देशको किसानहरूको सबै भन्दा ठुलो चाड रोपाइँ सकिएको उपलक्ष्यमा आजको दिन खुसीयाली स्वरूप देशका विभिन्न स्थानमा रोपाइँ जात्रा मनाइन्छ। रोपाइ जात्रा मनाउन समुदाय जम्मा भएर बाजा गाजाका साथ धान रोप्ने जस्तो नक्कल सहित विभिन्न वाजागाजा सहित रमाईलो गरेर मनाईन्छ ।

यो जात्रा मनाउने चलन मल्लकालदेखि चलिआएको मानिन्छ। विशेष गरि नेवार समुदायले चैत्य, बहाल र टोलका फलैँचामा भेला भएर रोपाइँ जात्रा मनाउने गर्छन्। धान रोपाइँ सकिएको खुसियालीमा यो जात्रा मनाउने गरिन्छ। तर ठाउँअनुसार फरक–फरक तरिकाले मनाउने चलन छ। टोलका मानिस भेला भएर विभिन्न बाजा बजाउँदै धान रोपे जस्तै गरेर नाच्ने गरिन्छ ।

कोशी देखि महाकाली किनार सम्म विभिन्न तवरमा यस जात्रा मनाइन्छ । कर्णाली किनारमा यस जात्रालाई चोपाई भनिन्छ, कतिपय ठाउँमा रोपाई सेकपछिको अवसरलाई भुमेपाथी पनि भनिन्छ । रोपाई र दाउन अर्थात् वाली भित्राउँदा एकएकपटक भुमेपाथी मनाउने चलन छ ।
नेवा समुदायले मनाउन सुरु गरेको रोपाइँ जात्रा देशैभर सबैको उत्सव बनेको हो। नेपाल भाषामा रोपाइँ जात्रालाई सिनाज्या जात्रा भनिन्छ। देशभर नै रोपाइँको थकान र तनाव भुल्नको लागि मनाइने यो उत्सव फरक फरक ठाउँमा फरक फरक तरिकाले मनाइने पाइएको छ।

तपाईको बिचार

सम्बन्धित खबर