काठमाडौं । खुशी लिम्बुको नयाँ गीत ‘नाकैको फूली सोल्टिनी ठूली’ दर्शकस्रोता माझ आएको छ । पछिल्लो समय लगातार सांगीतिक कोसेली पस्किरेहका लिम्बुले दीपा सुहाङको साथमा अर्को सांगीतिक कोसेली पस्किएका हुन् ।
पूर्वेली भाकामा आधारित यस गीतलाई साहित्यकार जानु काम्बाङले लेखेकी हुन् । जसको संगीत डीआर अटु र संगीत संयोजन राजु कार्कीले गरेका हुन् । यस गीतको भिडियोमा गायकद्धय लिम्बु र सुहाङलाई नै फिचरिङ गरिएको छ ।
गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूके, आदिवासी जनजाति महासंघ यूके लगायत बेलायत र हङकङका एक दर्जन जति सामाजिक र राजनीतिक संस्थाहरुमा खुशी लिम्बूले नेतृत्वदायी भूमिकामा रहेर काम गरेका छन् । उनी हाल नेपाल मामिला डट कमका प्रधान सम्पादक तथा एक लगानीकर्ता हुन् ।
उनको यसअघि ‘मायालु आउने बाटोमा’, ‘मैच्याङको गालैको कोठी’, ‘बर्षगाँठको शुभकामना’, लगायतका गीतका म्युजिक भिडियोहरू सार्वजनिक भइसकेका छन् ।
तपाईको बिचार