काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने वर्तमान सरकारको अठोटमा रहेको बताउनु भयो । उहाँले सबै दलहरूलाई सरकारको उक्त अठोट पुरा गर्न रचनात्मक सहयोग पुर्याउन आह्वान गरेका छन् ।
आज हदरबारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले तयार गरेको सुझाव पत्र सिं ग्रहण गर्दै उनले मुलुकलाई अग्रगमनका साथै आर्थिक र सुशासनका क्षेत्रमा सुधारका लागि सरकार प्रतिबद्ध हुने बताए ।
“सुझावले सरकारलाई काम गर्न एक प्रकारको मार्गदर्शन हुने छ । ती सुझाव सरकारका सम्बन्धित मन्त्रालयमा आवश्यक कारबाहीका लागि दिइने छ । ”प
एमालेका महासचिव शङ्कर पोखरेलले ९९ बुँदे सुझावको प्रतिवेदन हस्तान्तरण गरेका थिए भने उपमहासचिव प्रदीप ज्ञवालीले सुझावको सार प्रस्तुत गरेका थिए ।
तपाईको बिचार