जोर्डनले प्यालेस्टाइनलाई सहयोग गर्ने

जोर्डनले प्यालेस्टाइनलाई सहयोग गर्ने

483
Colored topographic Jordan map available with text that can zoom into the world map World Map Credits To NASA : https://visibleearth.nasa.gov/images/57752/blue-marble-land-surface-shallow-water-and-shaded-topography

एजेन्सी, २६ असोज । जोर्डनका राजा अब्दुल्लाह द्वितीय र प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बासले गाजापट्टी र वेस्ट बैंकको अवस्थालाई शान्त बनाउन जोड दिएका छन् । उनीहरूले प्यालेस्टाइनी लडाकु समूह हमास नियन्त्रित गाजामा बिग्रँदै गएको मानवीय संकटप्रति चिन्ता व्यक्त गरेका हुन् ।

बिहीबार जोर्डनको राजधानी अम्मानमा भएको भेटमा दुवै पक्षले गाजा ‘स्ट्रिप’मा स्वास्थ्य र राहत एवं पानी आपूर्ति सुनिश्चित गर्न मानवीय ‘करिडोर’हरू तत्काल खोल्न आग्रह गरे ।

दुवै नेताले मानवीय संकट, बढ्दो हिंसा र सम्पूर्ण क्षेत्र सम्भावित परिणामबारे चिन्ता व्यक्त गरे । स्थितिलाई थप बिग्रन नदिन अरब राष्ट्रहरूबीच घनिष्ठ सम्बन्धको महत्त्वलाई उनीहरूले जोड दिए ।

जोर्डनका राजाले प्यालेस्टाइनलाई आफूहरूले सहयोग गर्ने र गाजापट्टीमा तत्काल मानवीय र चिकित्सा सहायता पुर्‍याउने वाचा गरे ।

बिहीबारै जोर्डनले गाजापट्टीमा अत्यावश्यक चिकित्सा सामग्री र मानवीय सहायतासहितको विमान पठाएको थियो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

तपाईको बिचार