एमालेले चाहे एक हप्ताभित्र सरकार ढल्छ : सचेतक बर्तौला

एमालेले चाहे एक हप्ताभित्र सरकार ढल्छ : सचेतक बर्तौला

324

काठमाडौँ, ६ असार । नेकपा एमालेका सचेतक महेश बर्तौलाले एमालेले चाहेमा एक हप्ताभित्रमा सरकार ढाल्ने बताएका छन् ।

आज संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सरकारको आयु प्रत्येक एक दिनका लागि भएको बताए ।

उनले भन, ‘नेकपा(एमाले)ले यस प्रकारको मोर्चा बनाएर हिँड्नुपर्ने जरुरी छैन । एमाले आफ्नो सामथ्र्यका साथ, जनताले दिएको म्याण्डेटको बलमा संसदमा आफ्नो भूमिका निर्वाह गरिरहेको छ । नागरिकहरूको मुद्दालाई केन्द्रमा राखेर, राष्ट्र हितको विषयलाई केन्द्रमा राखेर हाम्रो उपस्थिति देखाइरहेका छौँ । यो सरकारलाई हामीले कुनै मेहनत गर्नुपर्दैन । यदि नेकपा(एमाले)ले चाहेर यसलाई ढाल्नका लागि प्रयत्न गर्ने हो भने हामी एक हप्ता भित्रमा यो सरकारलाई ढाल्न सक्छौँ । यो सरकारको आयु प्रत्येक दिन एक दिनका लागि हो ।’

तपाईको बिचार