सिनेमा हल व्यवसायीद्वारा मेयर बालेनविरुद्ध मुद्दा दायर

सिनेमा हल व्यवसायीद्वारा मेयर बालेनविरुद्ध मुद्दा दायर

169

काठमाडौँ, ६ असार । सिनेमा हल व्यवसायीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन् ।

उनीहरूले आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेका हुन् । मेयर बालेनले सोमबारबाट कामपाभित्रका सिनेमा घरमा ‘आदिपुरुष’लगायत हिन्दी सिनेमा चलाउन नदिने बताएका थिए । सोही दिनबाट कामपा भित्रका सिनेमा घरमा हिन्दी सिनेमा रिलिज भएका छैनन् । ‘आदिपुरुष’ भने वितरकले देशभरका हलबाट उतारिसकेका छन् ।

संघीय सरकारले हिन्दी सिनेमा ‘आदिपुरुष’ सेन्सर गरेर चलाउन अनुमति दिएको अवस्थामा स्थानीय सरकारले रोक्न नमिल्ने भन्दै सिनेमा घर सञ्चालकहरूले बताउँदै आएका छन् ।

तपाईको बिचार