पोखरा विमानस्थल ‘बीआरआई’ परियोजनाअन्तर्गतको हो : चिनियाँ राजदूत

पोखरा विमानस्थल ‘बीआरआई’ परियोजनाअन्तर्गतको हो : चिनियाँ राजदूत

175

पोखरा, ६ असार । नेपालका लागि चिनियाँ राजदूत छन सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बेल्ट एन्ड रोड इनिसिएटिभ ‘बीआरआई’ परियोजनाअन्तर्गत भएको बताएका छन् ।

आज पोखरा विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको हो । चिनियाँ इन्जिनियहरूबाट यो निर्माण भएको हो । अन्ततः हामीले अन्तर्राष्ट्रिय उडानको सफल अवतरण गरेका छौँ । यो बीआरआई परियोजनाअन्तर्गतको हो ।’

सरकार र चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईबीचको सम्झौतापछि २०७३ साउन १८ गतेदेखि यो विमानस्थलकाे निर्माण सुरु भएको थियो । सीएएमसीईसँग मूल्य अभिवृद्धि कर (भ्याट) सहित अमेरिकी डलर २४ करोड ४० लाख ४० हजारमा सम्झौता भएको थियो । पोखरा विमानस्थल बनाउन सरकारले चीनको एक्जिम बैंकसँग २०७२ मा सम्झौता गरेर एक अर्ब ३७ करोड ८७ लाख चिनियाँ युआन ऋण लिएको छ ।

तपाईको बिचार