११ महिनामा आधा बजेट मात्रै खर्च

११ महिनामा आधा बजेट मात्रै खर्च

219

दाङ, ५ असार । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा आधा मात्र बजेट खर्च गरेको छ ।

चालु आर्थिक वर्षको जेठ मसान्ससम्ममा प्रदेश सरकारले ५०.२७ प्रतिशत मात्र बजेट खर्च गरेको हो । शत प्रतिशत बजेट खर्च गर्नका लागि प्रदेश सरकारले एक महिनामा करिब ५० प्रतिशत बजेट खर्च गनुपर्ने देखिन्छ ।

यस्तो अवस्थामा शत प्रतिशत बजेट खर्च हुन सक्ने अवस्था रहेको छैन् । संघीय सरकारले पटक पटक बजेट समयमा नै खर्च गर्न आग्रह गरे पनि त्यसको व्यावहारीक रुपमा कार्यान्वयन हुन सकेको छैन् ।

प्रदेश लेखा नियन्त्रण कार्यालयले वेवसाइडमा राखेको प्रतिवेदनमा जेठ मसान्तसम्म ५०.२७ प्रतिशत खर्च भएको उल्लेख गरेको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।

 

तपाईको बिचार