असार ७ मा चियापान कार्यक्रम गर्ने रास्वपाको निर्णय

असार ७ मा चियापान कार्यक्रम गर्ने रास्वपाको निर्णय

137

काठमाडौँ,  ४ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना दिवसमा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।

आज विहान बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठकको संयुक्त बैठकले असार ७ गते पार्टी स्थापाना दिवसका अवसरमा चियापान कार्यक्रम गर्ने निर्णय गरेको हो ।

रास्वपाका सह-महामन्त्री कविन्द्र बर्लाकोटीका अनुसार स्थापना दिवसमा विभिन्न दलका प्रमुख, कुटनीतिक नियोगका प्रतिनिधि लगायतलाई चियापान निमन्त्रण गर्ने भएको छ । रास्वपाले पार्टी स्थापना दिवसका अवसरमा साप्ताहिक कार्यक्रम चलिरहेको छ । उनले भने, ‘असार १ देखि ७ गतेसम्म प्रदेशदेखि केन्द्रसम्म पार्टीका गतिविधि चलिरहेका छन् ।’

तपाईको बिचार