हत्याको आरोपमा २२ वर्षीय युवक पक्राउ

हत्याको आरोपमा २२ वर्षीय युवक पक्राउ

782

काठमाडौँ, १ असार । आफ्नै साथीको हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय बुटवलले रुपन्देहीको तिलोत्तमाबाट एक युवकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार पश्चिम नवलपरासीको सुनवल नगरपालिका-७ का १८ वर्षीय सुमन कुँवरको हत्या आरोपमा उनकै साथी तिलोत्तमा नगरपालिका-१६ पूर्वबहियाका २२ वर्षीय ज्ञान बहादुर कुँवर पक्राउ परेका हुन् ।

गत जेठ ३० गते साँझ ७ बजेतिर सुमन मृत अवस्थामा फेला परेका थिए । स्थानीय देवनाथ कुँवरको जस्ताले छाएको पक्की खाली घरमा सुमन मृत फेला परेपछि अनुसन्धानको क्रममा ज्ञान बहादुरले उनको हत्या गरेको खुलेपछि उनलाई पक्राउ गरिएको हो  । मृतक र आरोपित दुबैजना केही समययता सँगसँगै खाने, बस्ने, घुम्ने गर्दै आएको र सोही क्रममा उत्पन्न भएको सामान्य विवादका कारण ज्ञान बहादुरले सुमनको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

दुबै जनाले गाँजा सेवन गरेपछि सामान्य विवाद हुँदा ज्ञानबहादुरले आफूभन्दा कम उमेरको भएर मुख लागेको भन्दै तत्काल आवेशमा आएर सुमनलाई चापाकलको ह्याण्डिलले प्रहार गरेका थिए । जेठ ३० गते साँझ सुमनको हत्या गरेपछी फरार भएका ज्ञान बहादुरलाई तिलोत्तमा नगरपालिका वडा नं. ११ रामनगरमा लुकिछिपी बसेको अवस्थामा बिहीवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तपाईको बिचार