नक्कली सरकारी कार्यालय खडा गरी ठगी धन्दा

नक्कली सरकारी कार्यालय खडा गरी ठगी धन्दा

195

काठमाडौँ, ३० जेठ । मुलुकको राजधानी काठमाडौंमा नक्कली सरकारी कार्यालय खोलेर ठगी धन्दा चलाउन सम्भव होला ? धेरैको उत्तर हुनसक्छ -सम्भावना कम छ ।

तर, काठमाडौंको बूढानीलकण्ठ -५ मा नक्कली सरकारी कार्यालय खडा गरी ठगी धन्दा गरेको घटना फेला परेको छ । कृषि मन्त्रालयअन्तर्गत अन्तर्राष्ट्रिय खाद्य सुरक्षा कार्यलय सञ्चालनमा छ । देशको विभिन्न स्थानमा यस्ता कार्यालय खोलीएका छन् । तर, जयराम नामका एक व्यक्तिले बूढानीलकण्ठमा सरकारी कार्यालय जस्तै गरी अन्तर्राष्ट्रिय खाद्य सुरक्षा स्थापना गरेर ठगी धन्दा चलाउदै आएको फेला परेको हो ।

केसीले आफूलाई कृषि मन्त्रालयका उपसचिवका नाममा चिनाउँदै दुईतले घर बहालमा लिएर नक्कली कार्यालय खोलेका थिए । केसीले यो कार्यालयमा राष्ट्रिय झण्डा हाल्नेदेखि कर्मचारी पनि नियुक्त गरेका थिए ।

उनले सरकारी लोगो र छाप पनि नककली बनाएर प्रयोग गर्दै आएका थिए । यो समाचार आजको कारोबार दैनिकमा छ ।

तपाईको बिचार