स्कटल्याण्डकी पूर्व प्रथम मन्त्री स्टर्जन पक्राउ

स्कटल्याण्डकी पूर्व प्रथम मन्त्री स्टर्जन पक्राउ

181

एजेन्सी, २९ जेठ । स्कटल्याण्डकी पूर्व प्रथम मन्त्री निकोला स्टर्जनलाई पक्राउ गरिएको छ ।

स्कटिस नेसनल पार्टी (एसएनपी) को आर्थिक सहयोग र वित्तीय सम्बन्धमा चलिरहेको अनुसन्धानको सम्बन्धलाई लिएर उनलाई आइतबार पक्राउ गरिएको हो।

प्रहरीले उनको नाम नलिई एक विज्ञप्ति जारी गर्दै भने, ‘एक महिला (५२ वर्षीया) लाई शङ्कास्पदका रूपमा हिरासतमा लिएको छ र सोधपुछ भइरहेको छ ।’ गत अप्रिलमा उनका श्रीमान्, पूर्व एसएनपी प्रमुख कार्यकारी पिटर मुरेलको गिरफ्तारी र रिहाइ पछि उनलाई पनि पक्राउ गरिएको हो । स्टर्जनका प्रवक्ताले पुष्टि गरे कि उनी आइतबार प्रहरी अनुसन्धानमा भाग लिएकी थिइन्।

 

तपाईको बिचार