मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले मानवअधिकार उल्लङ्घनका घटनाको समाधान गर्न राष्ट्रिय मानवअधिकार आयोगको भूमिका चुनौतीपूर्ण रहेको बताउनुभएको छ । राष्ट्रिय मानवअधिकार आयोगकोे २३औँ वार्षिकोत्सव समारोहको आज यहाँ उद्घाटन गर्दै उहाँले मानवअधिकार संरक्षण गर्न आयोगले संविधान र प्रचलित ऐन कानून बमोजिम भूमिका निर्वाह गरेमा सफलता प्राप्त हुने विचार व्यक्त गर्नुभयो ।
प्रदेश प्रमुख खापुङ्गले समाजमा महिला, बालबालिकामा हुने दुव्र्यवहार एवं विभेद्का घटनाले दुःखी बनाउने गरेको चर्चा गर्दै यसलाई अन्त्य गर्न तीन तहको सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले मानवअधिकारलाई नेपालको संविधानले मौलिक हक अधिकारकोका रुपमा व्याख्या एवं सुनिश्चित गरेको छ भन्दै आयोगले मानवअधिकारलाई संरक्षण र विभेद् हटाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने विचार राख्नुभयो ।
तपाईको बिचार