त्रिविका ४४ आंगिक क्याम्पसको नतिजा सार्वजनिक १९ वटा क्याम्पसमा जितेर अनेरास्ववियु पहिलो

त्रिविका ४४ आंगिक क्याम्पसको नतिजा सार्वजनिक १९ वटा क्याम्पसमा जितेर अनेरास्ववियु पहिलो

79

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ६२ आंगिक क्याम्पस मध्ये ४४ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको मत परिणाम सार्वजनिक हुँदा नेकपा एमाले निकट अनेरास्ववियुले १९ क्याम्पसहरुमा सभापति सहित बहुसंख्यक पदाधिकारीहरु जितेर पहिलो भएको छ ।

मत परिणाम अनुसार ४४ मध्ये १९ क्याम्पसमा अनेरास्ववियु, दोस्रोमा नेपाली कांंग्रेस निकट नेपाल विद्यार्थी संघले १८ क्याम्पसको स्ववियु सभापतिमा जित निकाल्दा माओवादी निकट अखिल क्रान्तिकारी ४ वटामा सिमित भएको छ ।

यसैगरी, जनता समाजवादी पार्टीनिकट समाजवादी विद्यार्थी युनियनले २ वटा र जनमत पार्टी निकट जनमत विद्यार्थी संघले एउटा क्याम्पसको सभापति जितेको छ । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले एउटा पनि क्याम्पसमा स्ववियु जित्न सकेन ।

तपाईको बिचार