गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलको व्यवहारमा सुधार जरुरी : पूर्वराष्ट्रपति यादव

गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलको व्यवहारमा सुधार जरुरी : पूर्वराष्ट्रपति यादव

699

जनकपुर । राष्ट्रपति डा रामवरण यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलहरूले आफ्नो व्यवहारलाई सुधार्दै लैजानुपर्ने बताउनुभएको छ ।

७३ औँ प्रजातन्त्र दिवसको अवसरमा जनकपुर बौद्धिक समाजले सोमबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा पूर्वराष्ट्रपति डा यादवले २४० वर्षीय निरङ्कुश राजतन्त्रको अवशेष अहिले पनि विद्यमान रहेकाले दलहरूले आफूलाई सुधार्दै जानुको विकल्प नरहेको बताउनुभयो ।

“जनतासँग जोडिएका राजनीतिक दलहरूको व्यवहारले सबै क्षेत्रमा उकुसमुकुसको अवस्था देख्छु, दलहरूको क्रियाकलापलाई लिएर सिङ्गो व्यवस्थामाथि प्रश्न उठाउन थालिएको छ”, उहाँले भन्नुभयो, “त्यसैले सबै दलहरूले जनभावनाअनुसार काम गर्नु जरुरी छ ।”

सहिदहरूको बलिदान, पूर्वजहरूको निष्ठा र आदर्शलाई छोड्दै जाँदा नागरिकमा वितृष्णा उत्पन्न हुँदै गएको भन्दै उहाँले व्यवस्था चलाउन नजान्दाको दोष व्यवस्थामाथि थोपर्ने काम कसैले गर्न नहुने धारणा राख्नुभयो । “कुनै चोटपटक लागेमा हतियारको दोष भन्ने कि हतियार चलाउने मान्छेको रु त्यसैले अहिले नै व्यवस्था खराब भएको टिप्पणी गर्ने बेला भएको छैन । तर गणतन्त्र रक्षाका लागि नेताहरू सुध्रिर्ने र जनताहरू सचेत हुनुपर्ने आवश्यकता भने सधैँ रहन्छ”, पूर्वराष्ट्रपति डा यादवले भन्नुभयो ।

 

तपाईको बिचार

सम्बन्धित खबर