काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ८३ अर्ब ९९ करोड रकम विनियोजन गरेको छ । यो चालुृ आवको तुलनामा २१ दशमलव ०५ प्रतिशतले बढी हो । चालु आवमा स्वास्थ्य क्षेत्रका लागि रु ६९ अर्ब ३८ करोड बजेट बिनियोजन गरिएको थियो ।
सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले आज प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटमा ‘गुणस्तरीय स्वास्थ्य उपचारः जनताको अधिकार’ भन्ने नाराका साथ आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाइने बजेटमा उल्लेख छ ।
बजेटमा गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सामुदायिक अस्पतालको स्तरोन्नतिदेखि प्रदेशस्तरको ‘सुपर स्पेसियालिटी अस्पताल’ निर्माणलाई प्राथमिकता दिइएको छ ।
सरकारले अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानको भौतिक पूर्वाधारको स्तरोन्नति एवं विकास, स्वास्थ्य बीमा कार्यक्रमको दिगोपना र विपन्न नागरिक, महिला तथा ज्येष्ठ नागरिकलाई बजेटले प्राथमिकतामा राखेको छ ।
तपाईको बिचार