काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको पाचौँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष खगेन्द्र न्यौपानेको अध्यक्षतामा बसेको उक्त सभा बिहीबार ( २९ असोज, २०८३ ) काठमाडौंमा सम्पन्न भएको हो ।
सो सभाले संचालक समितिको तर्फबाट अध्यक्ष खगेन्द्र न्यौपानेले प्रस्तुत गरेका कम्पनीको वार्षिक प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ । त्यसै गरी सभाले लेखापरीक्षक प्रतिवेदन र अन्य वित्तीय विवरण पारित गर्ने, सर्वसाधारण समूहबाट ३ जना संचालक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै, सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले यस आर्थिक वर्ष १० प्रतिशत शेयरधनीलाई हाल कायम चुक्ता शेयर पुँजी रु. ९०,९१,०१,३००/- को १० प्रतिशत बोनस शेयर प्रदान गरेको छ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि भदौ १९ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । सोही अनुरुप भदौ २४ गतेसम्म कायम शेयरधनीहरुमात्र सो साधारण सभामा उपस्थित रहेका थिए ।
यस विकास हाइड्रोपावरले गोर्खा जिल्लाको धार्चे गाउँपालिका -४ स्थित माछाखोलामा ४.५ ५ मेगावाट क्षमताको ‘माथिल्लो माछाखोला जलविद्युत आयोजना ‘ निर्माण सम्पन्न गरी २०७९ माघदेखि व्यवसायिक उत्पादन गर्दैै आएको छ।
तपाईको बिचार