६ वैशाख , काठमाडौं । जैमिनि नगर सेवा समाज , काठमाडौंको सातौं बार्षिक साधारणसभा तथा नयाँ वर्ष – २०८३ सालको भित्तेपात्रो अनावरण एवं शुभकामना आदान प्रदान कार्यक्रम आइतबार लाजिम्पाटमा भव्यताका साथ सम्पन्न भएको छ। काठमाडौंमा विभिन्न पेशा , व्यवसाय गरेर बसोबास गर्ने बागलुङस्थित जैमिनि नगरपालिकाका नागरिकहरुको उल्लेख्य सहभागितामा सेवा समाजका अध्यक्ष चिन्तामणि पौडेलको अध्यक्षतामा सम्पन्न समारोहमा संस्थाका गतिविधिमाथि अन्तर्क्रिया गरिनुका साथै समाजले गर्नुपर्ने आगामी कामहरूबारे सुझाव दिइएको थियो।
कार्यक्रममा जैमिनि नगर सेवा समाजका संस्थापक अध्यक्ष हरि आचार्य , सल्लाहकार डा. महाश्रम शर्मा , समाजका पदाधिकारीहरु र अरु जैमिनीवासिको सहभागीता रहेको थियो। साधारणसभाले समाजको वार्षिक प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन पनि पारित गरेको छ। सभामा संस्थाको सदस्यता वृद्धि र नविकरणमा जोड दिएको छ।
समारोहमा समाजका अध्यक्ष चिन्तामणि पौडेलले सहभागी सबैप्रती कृतज्ञता व्यक्त गर्दै “जैमिनि नगर हाम्रो सान सहयोग र सहयात्राको साझा अभियान ” को उद्देश्य साकार पार्न सबै एकजुट हुन आग्रह गरे। अध्यक्ष पौडेलले विश्वभरका जैमिनिवासिहरुलाई समेटेर सामाजिक विकासलाई प्रभावकारी बनाउनुपर्ने बताए ।
तपाईको बिचार