लोक सेवा आयोगद्वारा अनुसन्धान अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजा सहित )

1014

काठमाडौं । लोक सेवा आयोगले राष्ट्रिय अनुसन्धान विभाग अन्तर्गत नेपाल विशेष सेवा, रा.प. तृतीय श्रेणी, अनुसन्धान अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

आयोगका अनुसार विज्ञापन नं. २र०८२–८३ (खुला तथा समावेशी) अन्तर्गत २०८२ माघ १३ गते सञ्चालन भएको प्रथम चरणको लिखित परीक्षामा सहभागी भएका उम्मेदवारहरूमध्ये क्रमसंख्याका आधारमा २४ जना दोस्रो चरणको परीक्षाका लागि छनोट भएका छन्।

छनोटमा परेका उम्मेदवारहरूको रोल नम्बर, नाम, बाबुको नाम र बाजेको नामसहित विवरण सार्वजनिक गरिएको आयोगले जनाएको छ। उक्त नतिजा सबै सम्बन्धित उम्मेदवारहरूको जानकारीका लागि प्रकाशित गरिएको हो।
आयोगका अनुसार दोस्रो चरणको परीक्षा सम्बन्धी मिति, समय र स्थानबारे जानकारी पछि सार्वजनिक गरिनेछ।

आयोगले परीक्षामा सहभागी सबै उम्मेदवारलाई आधिकारिक सूचना तथा वेबसाइटमार्फत जानकारी लिन अनुरोध गरेको छ।

तपाईको बिचार

सम्बन्धित खबर