उद्यमशीलता प्रवर्धनको लागि सरकारले स्टार्टअप कर्जाको कार्यक्रम ल्याएको होः ओली

उद्यमशीलता प्रवर्धनको लागि सरकारले स्टार्टअप कर्जाको कार्यक्रम ल्याएको होः ओली

599

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार उद्यम गर्ने युवाको साथमा रहेको बताउनुभएको छ ।
उद्यमशीलता प्रवर्धनको लागि सरकारले उद्यमीलाई स्टार्टअप कर्जाको कार्यक्रम ल्याएको जानकारी दिनुभएको छ । यस आर्थिक वर्षमा युवाले सञ्चालन गरेका ६ सय ६१ परियोजना स्टार्टअप कर्जाका लागि छनोट भएका सामाजिक सञ्जाल फेसबुक मार्फत ओलीले जानकारी दिनुभएको छ ।

उद्यमशीलता र स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने सरकारको नीति अनुरूप औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले उद्यमीलाई स्टार्टअप कर्जाका लागि सिफारिस गरेको ओलीले जानकारी दिनुभयो । ‘यस आर्थिक वर्षमा युवाहरूले सञ्चालन गरेका ६ सय ६१ परियोजना स्टार्टअप कर्जाका लागि छनौट भएका छन्, उद्यमशीलता र स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने सरकारको नीति अनुरूप औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सूचना जारी गर्दै ६ सय ६१ उद्यमीलाई स्टार्टअप कर्जाका लागि सिफारिस गरेको छ’, ओलीले लेख्नु भएको छ ।

सो परियोजनामा सहभागी हुन अनलाइन र भौतिक रूपमा उपस्थित भई ५ हजार १ सय ५८ उद्यमीले दर्ता गरेका प्रस्ताव मध्येबाट १ हजार ३ सय १४ उद्यमीले परियोजनाको प्रस्तुतीकरण गरेकामा ६ सय ६१ वटा छनौट भएका हुन् । उनीहरूले २५ लाख रुपैँयासम्म कर्जा पाउने छन् । ‘यसले उद्यमशीलतालाई प्रवर्द्धन गर्न मद्दत पुग्ने छ’, ओलीले लेख्नु भएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर