ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस नेपालमा, कोहुन कार्लोस?

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस नेपालमा, कोहुन कार्लोस?

623

काठमाडौं, ९ बैशाख। विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस मंगलबार बिहान नेपाल आइपुगेका छन ।उनी नेपाल सुपर लिग एनएसए० को तेस्रो सिजनका खेल हेर्नका लागि नेपाल आएका हुन् । एनएसएलको आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट ९एनएसइएम० ले सो जानकारी दिएको हो ।

जसअनुसार कार्लोस मंगलबार बिहान ८ः१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरका हुन भने उनले बुधबार हुने धनगढी एफसी र पोखरा थान्डर्सबीचको दोस्रो क्वालिफायर खेल हेर्नेछन् ।यसअघि शुक्रबार नेपाल आउने तालिका रहे पनि स्वस्थ अवस्थाका उनको भ्रमण स्थगित भएको थियो ।

कार्लोसलाई विश्वकै उत्कृष्ट रक्षकमध्ये एक मानिन्छ । ५१ वर्षिय कार्लोसले सन् १९९२ देखि २००६ सम्म ब्राजिलका लागि खेलेका थिए । उनीले सन् २००२ को फिफा विश्वकप जिताउन योगदान गरेका थिए ।

रोबर्टो कार्लोस डा सिल्भा रोचा९जन्म सन् १९७३ अप्रिल १००, सामान्य रूपमा रोबर्टो कार्लोस पूर्व ब्राजीलियन फुटबलर हुन् । उनले आफ्नो करियर ब्राजिलमा अग्रपङ्क्तीको खेलाडीका रूपमा सुरू गरेपनि आफ्नो करियरको लामो समय बायाँ डिफेन्डरको रूपमा बिताए । उनलाई फुटबलको इतिहाँसमा सबभन्दा आक्रामक लेफ्ट ब्याकका रूपमा लिइन्छ ।

उनले ूद बुलेट मेनूको उपनाम पाएका थिए जसको कारण उनको घुमाउरो फ्रि किक थियो । उनले १६९ किमीरघण्टाको गतिमा फ्रि किक हानेका छन् ।ृ२े उनी आफ्नो आन्तरिक बल स्टेमिना, दौडने वेग, तकनीकि कौशल, क्रस निकाल्ने क्षमता, लामो थ्रो इन र २४ इन्च मोटो तिघ्राका कारण प्रसिद्ध छन् ।
सन् १९९७ मा उनी फिफा वर्ष खेलाडी हुन चुकेका थिए र दोस्रो स्थानमा रहे । ब्राजिल लाई २००२ को विश्वकप जिताउन र १९९८ को विश्वकपको फाइनलसम्म पुर्याउन उनले ठूलो भुमिका निभाएका थिए

तपाईको बिचार

सम्बन्धित खबर