काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दीपक थापाले दर्ज्यानी चिन्ह लगाएका छन्।
आज बिहान गृह मन्त्रालयमा गृहसचिव गोकर्णमणि दुवाडीले आइजिपी थापालाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।
निवर्तमान आइजीपी बसन्तबहादुर कुँवरले हिजो मध्यरातिदेखि अवकासमा गएपछि हिजो बसेको मन्त्रिपरिषदको बैठकले थापालाई आइजिपी नियुक्त गरेको थियो।
आइजिपी भएका थापा २०५२ भदौ १९ गते प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका हुन्।
उनी २०६३ भदौ ८ मा डिएसपी, २०७२ साउन ८ मा एसपी, २०७५ फागुन ६ गते एसएसपी र २०७९ असार १७ गते डिआइजी भएका थिए।
उनी २०७९ चैत ६ गते उनी एआइजीमा बढुवा भएका थिए।
तपाईको बिचार