काठमाडाै । विद्यार्थीको लागि सबैभन्दा नजिकको साथी भनेको पुस्तक कलम र कापी हो ।
जो विद्यार्थी एक पेज दैनिक लेख्दैन त्यो के विद्यार्थी! गुरुले भनेका कुरा टिपोट गर्दैन त्यो के विद्यार्थी! त्यसैले महेन्द्ररत्न क्याम्पस ताहाचलको स्वतन्त्र विद्यार्थी युनियनले विद्यार्थी सँधै रचनात्मक हुनुपर्ने भन्दै रचनात्मकताको संकृतिका रुपमा स्नातक पहिलो वर्षमा अध्ययनरत प्रभातीय तथा दिवा शत्रका विद्यार्थीलाई फागुन १५ गते एक कार्यक्रमका माझ स्वागत गरेको छ ।
महेन्द्ररत्न क्याम्पस शिक्षा क्याम्पसको मुलुकको हब हो । मुलुकका शिक्षाशास्त्र अध्ययन गरेका विद्यार्थी मुलुकभरी शिक्षक छन् भने महेन्द्ररत्न क्याम्पस ताहाचललले उत्पादन गरेको छ । अब शिक्षाशास्त्रले मात्रै नपुग्ने र बहुमुखि क्याम्पसको मोडेलमा जान लागेको र शिक्षाको पैरवि गर्ने संस्था भनेको अनेरास्ववियु भएको कार्यक्रमका प्रमुख अतिथी अनेरास्ववियुका अध्यक्ष समिक बडालले बताउनु भयो ।
विद्यार्थीको हरेक समस्यासँग नजिक भएर लड्ने संगठन अनेरास्ववियु भएको र अनेरास्ववियुले विजयी गरेको क्याम्पसमा स्ववियले विद्यार्थीका समस्यालाई पहरेदारी गरेको जनाउनुभयो ।
त्यस्तै विशेष अतिथी क्याम्पस प्रमुख गेहेन्द्र दाहालले आफूले विद्यार्थीका समस्या नजिकबाट समाधान गर्ने गरेको र विद्यार्थीको चाहना अनुसार पुस्तकालयमा नयाँ पुस्तक व्यवस्था गरेको हुँदा पुस्तकालयलाई एक्लो नपारिदिनुहोला भन्नुभयो ।
त्यस्तै विशेष अतिथि अनेरास्ववियुका महासचिव नरेश रोकायाले शिक्षाऐन संसदको शिक्षा समितिमा दफाबार छलफल हुनुपर्नेमा नभएको अनेरास्ववियुले विभिन्न दफामा संसोधन हालेको छ भन्नुभयो । शिक्षकलाई उचित पारिश्रमिक नभएकाले शिक्षणमा उत्कृष्ट जनशक्ति आउन नचाहने भएको भन्नुभयो ।
स्वागत कार्यक्रममा अलिक फरक ढँगले गरिएको थियो खाली शब्दको श्वागत मात्रै थिएन त्यहाँ विद्यार्थीको लामलाई स्ववियु अध्यक्ष ईश्वर थापाले अबिरले स्वागत गरे भने प्राध्यापककले रुद्राक्षको माला लगाएका थिए भने क्याम्पसप्रमुख गेहेन्द्र दाहालले नवआगन्तुक विद्यार्थीलाई डायरीले दिएर स्वागत गरेका गर्नुभएको थियो । डायरीले प्रतिकात्मक सन्देश दिएको थियो । विद्यार्थी जहिले पनि सिर्जनशील हुनुपर्छ त्यसैले केही सिर्जना गर्नू भन्ने सन्देश दिएको थियो ।
कार्यक्रममा अदक्षता गरिरहनुभएका महेन्द्ररत्न क्याम्पसका स्ववियु अध्यक्ष ईश्वर थापाले आपूmले विद्यार्थीका हक हितमा आफू सँधै रहने र यो नितान्त स्वयंसेवक सेवा भएकाले फेरी पनि सेवा गर्न आफू तत्पर रहेको र उमेदवारी दिदा एक कुनै संगठनको भएपनि विजयी भएपछि कसैलाई भेदभाव नगरेको र फेरी पनि कसैलाई भेदभाव नगर्ने बताउनुभयो ।
स्मरण रहोस स्वतन्त्र विद्यार्थी युनियनलाई त्रिभुवन विश्वविद्यालययले नै विभिन्न बहानामा निश्क्रिय बनाउँन खोजिरहेको बेला विद्यार्थीका विभिन्न संगठनको दवाबमा यही आउँदो चैत्र ५ गते स्वतन्त्र विद्यार्थीको निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ ।
यो सँगै विभिन्न दलका भातृसंगठन चुनावी चहल पहलका साथ पनि सार्वजनिक कार्यक्रम गर्दै आआफ्नो पक्षमा विद्यार्थीलाई आकर्षित गर्ने कार्य पनि भैरहेको छ । महेन्द्ररत्त क्याम्पस ताहाचलको कार्यक्रममा स्वागतका साथै सांस्कृतिक कार्यक्र समेत भएको थियो । सांस्कृतिक कार्यक्रममा विद्यार्थी र कलाकारले आआफ्ना प्रतिभाको प्रस्तुति गरेका थिए ।
तपाईको बिचार