काठमाडाैं । चर्चित युवागायक तथा संगीतकार विक्रम राईको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार गएराति हृदयघात भएपछि उपचारका लागि बागबजारस्थित मोडल अस्पताल पु¥याइएकोमा चिकित्सकले मृत घाेषणा गरेका हुन्।
अस्पताल पु¥याएको केही समयमै चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो । अहिले उनको शव अस्पतालमै रहेको गायक तथा संगीतकार महेन्द्र राईले जानकारी दिए ।
विक्रम राई नेपाली सांगीतिक क्षेत्रमा प्रतिभावान कलाकार थिए । पहिलो नेपाल आइडलसमेत रहेका विक्रमका थुप्रै गीत चर्चित छन् । गायन र संगीत सिर्जनामा उत्तिकै दख्खल भएका विक्रमको निधनको खबर नेपाली सांगीतिक क्षेत्र स्तब्ध भएको छ ।
विक्रमको निधनको खबर सामाजिक सञ्जालबाट बाहिरिनेवित्तिकै संगीतकर्मीहरु अस्पतालमा पुगेका छन् भने उनीहरुले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।
‘तिम्ले बाटो फे¥र्यौ अरे’ जस्ता चर्चित गीतका संगीतकार विक्रमका दर्जनभन्दा बढी गीतहरु लोकप्रिय छन् ।
तपाईको बिचार