काठमाडौं। काठमाडौंको सुकेधारास्थित धोबीखोला करिडोर नजिक एक जना व्यक्तिको शव भेटिएको छ।
बुधबार राति धोबीखोला करिडोर नजिक धनवन्तरी फुटसल परिसरमा ओलखढुंगा स्थायी घर भएका तेस्रोलिङ्गी अड्विर राईको शव भेटिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जानकारी दिएको छ।
शव भेटिएको सूचना पाएपछि प्रहरी वृत्त, महाराजगञ्जको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ।
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, प्रारम्भिक जाँचमा राईको मृत्यु शंकास्पद देखिन्छ। ‘सीसीटीभी फुटेज लगायतका अन्य विभिन्न पाटोको अध्ययन गरेर अनुसन्धान थालेका छौं’, ती अधिकृतले भने।
शंकास्पद अवस्थामा शव भेटिएपछि यो प्रकरणमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले समेत जाँच गरिरहेको छ। कार्यालयका अधिकृतहरूका अनुसार, मृतक राईको टाउकोमा गम्भीर चोटहरू देखिएको छ।
प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) रमेश बस्नेतले भने, “पोष्टमार्टम जाँचपछि नै मृत्युको कारण खुल्ने र त्यसपछि विस्तृत जानकारी प्राप्त हुनेछ।”
तपाईको बिचार