‘बगान’मा एकल महिलाको पुनर्विवाहको सन्देश सकारात्मक : पूर्वराष्ट्रपति

‘बगान’मा एकल महिलाको पुनर्विवाहको सन्देश सकारात्मक : पूर्वराष्ट्रपति

889

काठमाडौँ, ३ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसहित राजनीतिज्ञ र सेलिब्रिटीले फिल्म ‘बगान’ हेरेका छन् ।

मंगलबार बेलुका सिभिल मलस्थित हलमा आयोजित विशेष शोमा फिल्म हेरेपछि पूर्वराष्ट्रपति भण्डारीले फिल्मले समाजमा सकारात्मक सन्देश दिने विचार व्यक्त गरिन् ।

राष्ट्रपतिले पूरै समय बसेर फिल्म हेरेकी थिइन् । राप्रपा नेपालका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले प्रोत्साहित गर्नुपर्ने विषयलाई फिल्मले उठान गरेको बताए ।

पुरुष महिला दुवैले मुखले अधिकारको कुरा गरे पनि भित्री मनले आफूसँग सम्बन्धित एकल महिलाले विवाह नगरे हुन्थ्यो भन्ने सोच समाजमा अहिले पनि विद्यमान रहेको भन्दै मिश्रले यो विषयलाई सशक्त रुपमा प्रस्तुत गरिएको बताए । पूर्वमन्त्री एवं नेसपा नेतृ हिसिला यमीले अभिनेत्री करिश्मा मानन्धर आफैं पनि तमाम महिलाको लागि प्रेरणाको स्रोत रहेको बताइन् ।

तपाईको बिचार