काम गर्न नसकेपछि सरकारले स्टन्ट गर्न थाल्यो : अध्यक्ष ओली

काम गर्न नसकेपछि सरकारले स्टन्ट गर्न थाल्यो : अध्यक्ष ओली

759

काठमाडौँ, २६ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले भ्रष्टाचार विरोधी कुनै काम गर्न नसकेको आरोप लगाएका छन् ।

आज एमाले वाग्मती प्रदेश संगठन कमिटीको सातौँ बैठकमा ओलीले काम गर्न नसकेपछि अहिले सरकारले राजनीतिक स्टन्ट गरिरहेको टिप्पणी गरे । उनले भने, “याे सरकारले भ्रष्टाचार विराेधी काम सुरु गरेकाे हैन, केही काम गर्न नसकेपछि पाेलिटिकल स्टन्ट हाे । कुनै भ्रष्टाचारमा एमाले फसेकाे छैन । फस्दैन ।”

तपाईको बिचार