काठमाडौँ, २५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी दिनमा आफू थप सचेत रहने बताएका छन् ।
आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले आफू यस तहको भावुकता ठिक नभएको निष्कर्षमा पुगेको पनि बताए । तर, नियत सफा छ भने भित्र र बाहिरका अभिव्यक्ति समान हुने गरेको उनको भनाइ छ ।
“नियत सफा छ भने भित्र र बाहिरका अभिव्यक्ति समान हुँदा रहेछन्,” प्रचण्डले भने ।
तपाईको बिचार