विमान दुर्घटनाः पीडित परिवारले न्याय पाउन नसकेको भन्दै गुहारे संसदीय समिति

विमान दुर्घटनाः पीडित परिवारले न्याय पाउन नसकेको भन्दै गुहारे संसदीय समिति

689

काठमाडौं । गत साउन ९ गते भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका आफन्तका परिवारले क्षतिपूर्ति नपाएको भन्दै संसदीय समिति गुहारेका छन् ।

विमान दुर्घटनामा आफ्नो छोरी प्रिजा खतिवडा, ज्वाई मनुराज शर्मा र नाति अधिराज शर्मा अर्याललाई गुमाएका सप्तरीको कञ्चनरूप नगरपालिका ७ घरभई हाल बालकोट भक्तपुर बस्दै आएका प्रकाश खतिवडाले न्यायका लागि अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

दुर्घटनाको चार महिना बितिसक्दा पनि पीडित परिवारले न्याय पाउन नसकेको र सम्बन्धित निकायले जिम्मेवारी बहन नगरेको भन्दै उनले समितिका सभापति राजकिशोर यादवलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

दुर्घटना भएको चार महिनासम्म पनि सौर्य एयरलाइन्स, नागरिक उड्डयन प्राधिकरण र प्रभु इन्सुरेन्सले पीडित परिवारको निवेदनको उचित सुनुवाइ नगरेको उनले दाबी गरेका छन् ।

उनले जहाज दुर्घटनाको दोषीहरूलाई कानूनी कारबाही गरिनुपर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था गरिनुपर्ने र निष्पक्ष आयोग गठनगरी घटनाको पुनः अनुसन्धान गरिनुपर्ने माग गरेका छन् ।

गत साउन ९ गते सौर्यको दर्ता नम्बर ‘एन-एनएमई’ भएको ‘सीआरजे-२००’ सिरिजको जहाज टेकअफ गर्नासाथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो । दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो ।

क्याप्टेन मनिषरत्न शाक्यलाई भने जीवितै उद्धार गरिएको थियो । जहाज उडेको २० सेकेन्डमै दाहिनेतर्फ कोल्टिँदै भुइँमा बजारिएको थियो ।

संसदीय समितिसमक्ष दिइएको उजुरी

 

तपाईको बिचार