काठमाडौं । पाँचथरमा जन्मेर साहित्य साधनामा जमेका युवा साहित्यकार एन.बी.अन्जानको “ अन्जान एकल साँझ” गजल वाचन तथा गायन कार्यक्रम सम्पन्न भएको छ ।
ठमाडौंको सर्वनाम थिएटरमा आज दर्जनौँ साहित्यकार ,दर्शक,श्रोता तथा मिडियाकर्मीहरुको बिचमा एकल गजल साँझ गजल वाचन तथा गायन कार्यक्रम सम्पन्न भएको हो ।
कवी प्रज्वल अधिकारीको संयोजन तथा गोधूलि साहित्य प्रतिष्ठानको आयोजनामा गरिएको कार्यक्रम सन्चालन तथा सहजिकरण चर्चित गजलकार बाबु त्रिपाठीले गरेका थिए भने गायनमा राज सागरले अन्जानलाई साथ दिएका थिए ।
लामो समयदेखि लेखन तथा साहित्य क्षेत्रमा क्रियाशील अन्जानले आफ्नो गजल वाचन गरिरहँदा हलबाट वान्स् मोरको बर्षा समेत भएको थियो ।
चुपचाप साधनामा रहेर हल्ला भन्दा बाहिर बसेर गजलकार अन्जान सिनेमाको लेखन र निर्देशन समेत गर्छन् । अन्जानले ‘मरुभूमि साहित्य यात्रा’ गजल सङ्ग्रह, ‘आहुति’ गजल संग्रह, ‘आधा इन्च’ हाइकु (एसिया कै सानो कृति), ‘कोपिला’ नेपाली भाषाको पहिलो रुबाई महाकाब्य जस्ता चर्चित पुस्तकहरु प्रकाशित गरीसकेका छन् ।
तपाईको बिचार