महाकवि देवकोटा, ‘तपाईँलाई सधैँ सम्झिरहने छौँ ’- प्रधानमन्त्री ओली

महाकवि देवकोटा, ‘तपाईँलाई सधैँ सम्झिरहने छौँ ’- प्रधानमन्त्री ओली

633

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकविप्रति सम्मान प्रकट गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेलखेका छन् ।

‘आज देवकोटा जयन्ती, हार्दिक श्रद्धा, हार्दिक सम्मान महाकवि देवकोटा, तपाईँलाई सधैँ सधैँ सम्झिरहने छौँ ।’
उनले महाकवि लक्ष्मीप्रसाद देवकोटा संघर्षका लागि प्रेरणाको स्रोत भएको बताएका छन् । प्रधानमन्त्री ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाले जस्तोसुकै अवस्थामा पनि कर्मशील हुन प्रेरित गर्नुभएको उल्लेख गरेका छन् ।

महाकवि देवकोटाको ११६ औँ जन्मजयन्तिको अवसरमा उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ओलीले देवकोटालाई नेपालीले सधैँ सम्झिरहने बताएका छन् ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाका यी कविता हरफले जस्तोसुकै अवस्थामा पनि कर्मशील भइरहन प्रेरित गर्छ भन्दै देवकोटाका कविताका केही अंश प्रधानमन्त्री ओलीले यसरी उदृत गरेका छन् ।

विलासको लालस दास छैन म ।
मीठो छ मेरो रसिलो परिश्रम ।।
प्रयासको पत्थरमा नदीसरि ।
बहन्छु हाँसी म तरङ्गले भरी ।।
म पोखरी झैँ उही ठाउँ जम्दिनँ ।
छ शुद्ध यो जीवनको सबै कण ।।

तपाईको बिचार