कालो बजार आकाशियो नियमनकारी निकाय मौन

कालो बजार आकाशियो नियमनकारी निकाय मौन

1017

राजेन्द्र कुँवर

हिन्दु नेपालीहरूका दुईवटा महान चाड दशैँ दिपावलीको आगमन सँगै कालो बजारले आकाश छुएको छ नियमनकारी निकाय मौन देखिएको छ ।
उपत्यका लगाएत देशभरका मुख्य शहरमा नागरिकहरुलाई  कोही कसैको प्रलोभनमा परि  ठगिन बाट रोकथामका लागि नागरिक साहयता कक्ष स्थापना गरि जन पद प्रहरी परिचालन गरेर लोक कल्याणकारी राज्यको नमुना देखाइ रहेको छ ।

लोक कल्याणकारी राज्यको नाममा सूचना पार्टी, नागरिक साहयता कक्ष, जनहितमा जारी संन्देश प्रकाशन प्रशारण प्रहरी प्रशासन परिचालन गरि देशलाइ आर्थिक भार थोपर्ने काम बाहेकको खासै केहि काम भएको छैन ।हिम्मत छ सरकार काम्लो ओढे्र घिउ चोरेर खानेहरुलाइ कार्यबाही गरेर देखाउन ।

एकातिर कालो बजारको बिगबिगी अर्कोतिर आकाशिएको महङ्गीले गर्दा जनता आक्रान्त बनेका छन नियमनकारी निकाय मौन देखिन्छ अनि दशै तिहारले उत्साह ल्याउन सकेको छैन शहर बजार देखि गाउँ सम्ममा ।

तीन वटै तहको सुरक्षा घेरा भित्र बाट आम नेपाली  नागरिक ठगिएको बारेमा हाम्रो सरकारको ध्यान कहिले जाने होला हरेक बर्ष दशै तिहारको नाम बाट ठगिदै आएका नागरिकको सुनुवाइ कहिले हुने होला अनि सचेत नागरिक  चिच्याएर भन्न थाल्छन  बर्सेनि सुरक्षा घेरा भित्र बाट नागरिक ठग्नेहरुबाट उनमुक्ती कहिले पाउने होला सचेत नागरिकको सरकार सग आफ्नि माग रहेकोछ ।

सरकारले ठुलो धनराशी खर्च गरेर दैनिक उपभोगका समानहरुमा नागरिकलाई ठगिन बाट रोक्न निकै तामझाम देखाउनु भन्दा साच्चिकै जनता प्रती पुर्ण उत्तरदायी सरकारले पर्यटन नागरिक उड्डयन मन्त्रालय अन्तरगत रहेका तीन वटै सुरक्षा फौजको घेरा बाट नागरिकहरुलाइ हरेक बर्षको चाडपर्वमा  ठग्न पल्केका हवाई ब्यबसाय संचालन गरेकाहरुलाइ कार्यबाही किन सक्दैन ?

अहिले दशै तिहारको मुखमा आएर काठमाडौ देखि धनगढी सम्म्को  ७ हजार ८ सयको हवाई टिकटको भाडा बढाएर १७ हजार पुगाइ नागरिकलाई ठग्नेहरुको बारेमा कोही कतै बोलेर कारबाही  गरेको सुनिँदैन अनि भाडा घटाउन समेत पहल नगरे पछि कसरी रोक्न सक्छ हाम्रो राज्य संयन्त्रले कालो बजारलाइ रु काठमाडौ दिल्लीको हवाई टिकट ११ हजार तिरेर धनगढी सम्म आइ पुग्दा हरेक हवाई यात्रा गर्ने नागरिकको ४ हजार बचत हुने गर्छ आफ्नो देश भित्रको हवाई यात्रा गर्दा यस्तो चर्को भाडा तिर्दा सरकार मुखदर्शक बनेको छ ।

लोक कल्याणकारी सरकारको उच्च सुरक्षा फौजको घेरा भित्र बसेर गरिने ब्यापार व्यवसाय बाट त आम नेपाली नागरिक हरेक बर्ष हिन्दु नेपालीहरुको महान चाडपर्वमा अवसरमा यति सजिलोसँग ठ्गिन थालेका छन भने अनी कालो बजारलाई रोकथाम भनेर सरकार कसैले बिश्वास गर्न सक्छ , त्यसैले सचेत नागरिक भन्न थाली सके हाम्रो सरकार बिचौलिया, सेटिङ्गवाला, ठगहरु प्रति पुर्णरूपमा उत्तरदायी छ ।
उपत्यकाबाट बाट अहिले हवाई र स्थल मार्ग प्रयोग गरेर दैनिक हजारौंको संख्यामा दशै तिहार मनाउनको लागि सर्ब साधारण नागरिक घरमा जाँदै छन जो जस्ले जसरी यात्रा गर्दै छन उनीहरु त्यसै गरि ठगिँदै छन ।

दशैको मुखमा आएको बर्षाका कारण बाढी पहिरोले गर्दा    २ सय ३९ जना भन्दा बढी नागरिकको ज्यान गएको छ हजारौंको संख्यामा घरबारविहीन भएका छन चल अचल करोडौंको क्षती भएको छ, सडक मार्ग अहिले मृत्यु मार्गमा परिणत भएका छन अनि  सरकारको काम गर्ने गति कछुवाको जस्तो पनि छैन । अनि हामी कसरी भन्न सक्छौ  हाम्रो सरकार जनता प्रति पूर्ण जिम्मेवार जन उत्तरदायी छ भनेर ।

तपाईको बिचार