अध्यक्ष ओलीद्वारा बाढीपहिरो पीडितको उद्धार र सहयोग गर्न तयारी अवस्थामा रहन आग्रह

अध्यक्ष ओलीद्वारा बाढीपहिरो पीडितको उद्धार र सहयोग गर्न तयारी अवस्थामा रहन आग्रह

741

काठमाडौँ, २० असार । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको विपद् व्यवस्थापन विभागलाई मौसमको प्रतिकूल प्रभाव र सम्भावित स्थितिबारे जानकारी गराउन आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले भने, “बाढीपहिरोबारे सर्वसाधारणलाई पूर्वजानकारी गराउन र आवश्यक उद्धार तथा सहयोग कार्यका लागि तयारी अवस्थामा रहन आग्रह गर्दछु ।”  उनले  बाढी पहिरोको जोखिमबारे राज्यले आफ्ना निकायहरूलाई यथोचित परिचालन गरोस् भनेर ध्यानाकर्षण समेत गराएका छन् ।

उनले भने, “भारी वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोले जनधनको क्षति भएका खबरहरू आइरहेका छन् । पहिरोका कारण राजमार्गहरु अवरुद्ध हुने र यात्रुहरु प्रभावित हुने क्रम बढ्दै छ । त्यसप्रति उच्च सतर्कता अपनाउन, राजमार्गहरुमा ट्राफिक नियमको पालना गर्न म सबैमा अनुरोध गर्दछु ।”

तपाईको बिचार