गायक हसन राईको स्वरमा ‘मखमली चोली’ सार्वजनिक

गायक हसन राईको स्वरमा ‘मखमली चोली’ सार्वजनिक

2968

काठमाडौँ,२३ असार । गायक हसन राईको स्वरमा रहको गीत ‘मखमली चोली’ सार्वजनिक गरिएको छ। काठमाण्डौ बानेश्वर स्थित होटल अर्यालमा एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा रोशन राई ‘पालुवा स्टार’ को शब्द रचना र रोशन बान्तवा सूचा राईको संगीत रहेको छ। फडिन्द्र राईको संगीत संयोजन रहेको गीत लोक लयमा बनेको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई प्रमुख अथिती रहेको कार्यक्रममा संगीतकर्मीहरुको उलेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा गीतकार आनन्द अधिकारी, संगीतकार शान्तिराम राई, संगीतकार महेश खड्का, गायक सिताराम पोखरेल, संगीतकार डक्टर किराँत, कलाकार बिष्णु रिजाल, गायक रुपकुमार राई लगायत थुप्रैको उपस्थिति रहेको थियो।

समन अधिकारीको निर्देशनमा बनेको भिडियोको छायाँकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन सौखिन तिमल्सिनाले गरेका हुन्। रेस्क्यु क्रियसनले निर्माण गरेको भिडियोमा कृस गुरुङ र उषा तामाङ फिचर्ड छन। भिडियोमा लाहुरे संगको मायाको कथालाई प्रस्तुत गरिएको छ। भिडियोका निर्माता प्रयास राई हुन्।

भिडियो रोसन राई ‘पालुवा स्टार’ को अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। लाहुरेको कथामा बनेको भिडियोमा लाहुरेसँगको माया प्रीतिको कथालाई प्रस्तुत गरिएको छ। भिडियोका निर्माता प्रयास राई हुन्। भिडियो सार्वजनिक कार्यक्रममा बोल्ने अतिथिहरूले भिडियो उत्कृष्ट बनेको र हसन राईको स्वर राम्रो भएको बताए। प्रमुख अतिथि कुलपति राईले एक प्रतिभावान गायक हसनलाई संगीत क्षेत्रले पाएको बताए। भिडियो रोशन राई ‘पालुवा स्टार’को अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

तपाईको बिचार

सम्बन्धित खबर