काठमाडौँ, १७ पौष । नेपाल राष्ट्र बैंकले सोमबार १० अर्ब रुपैयाँ तरलता प्रसोचन गर्ने भएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रियसँगै केन्द्रीय बैंकले ७ दिने निक्षेप संकलन उपकरणमार्फत उक्त तरलता तान्ने भएको हो ।
एक सूचना जारी गर्दै केन्द्रीय बैंकले निक्षेपका लागि दरखास्त आह्वान गरेको छ । अनलाइन विडिङ सिस्टममार्फत दिउँसा २ बजे बोलकबोल हुने निक्षेप संकलन आजै खरिद गरिने केन्द्रीय बैंकले जनाएको छ ।
इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।
तपाईको बिचार