सरकार मुलुकका समस्याप्रति गम्भीर बनेन : उपाध्यक्ष पौडेल

सरकार मुलुकका समस्याप्रति गम्भीर बनेन : उपाध्यक्ष पौडेल

749

काठमाडौँ, २८ असोज । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन सरकार मुलुकका समस्याप्रति गम्भीर नबनेको आरोप लगाएका छन् ।

आज बुटवलमा प्रेस चौतारीले गरेको कार्यक्रममा बोल्दै उनले देशमा बेथिति र समस्याका चाङ हुँदा समेत सरकारको ध्यान सत्ता टिकाउनकेन्द्रित भएको टिप्पणी गरे ।

ऋण गरेर कर्मचारीलाई तलब खुवाउनुपर्ने स्थिति र निर्माण सकिएका आयोजनाको भुक्तानी गर्न नसकेको अवस्थाप्रति सरकार गम्भीर हुनुपर्नेमा उनले जोड दिए ।

उनले राष्ट्रपति रामचन्द्र पौडेलले पदीय मर्यादाविपरीत दलको नेता भएर काम गर्न नहुने बताए । सरकारले अपराधीलाई प्रोत्साहन गरेर पीडितलाई तर्साउन खोजेको उनको भनाइ छ ।

तपाईको बिचार

सम्बन्धित खबर