त्रिवि सेवा आयोग : उपप्राध्यापक लिखित परीक्षा मंसिर २७ देखि

त्रिवि सेवा आयोग : उपप्राध्यापक लिखित परीक्षा मंसिर २७ देखि

605

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदका लागि हुने खुला प्रतिस्पर्धात्मक लिखित परीक्षा मंसिर २७ गतेदेखि चरणबद्ध रूपमा सञ्चालन हुने जनाएको छ।

जेठ २१ गते प्रकाशित विभिन्न विज्ञापनहरु अन्तर्गतका विषयहरूको परीक्षा सम्बन्धी कार्यविधि सार्वजनिक गर्दै आयोगले पहिलो चरणमा चिकित्सा विज्ञान अध्ययन संस्थान (IOM) का विषयहरू सञ्चालन हुने बताएको छ। अन्य अध्ययन संस्थानका विषयगत परीक्षाको तालिका क्रमशः आयोगको वेबसाइटमार्फत प्रकाशित गरिनेछ।

आयोगका अनुसार परीक्षा तालिका, परीक्षा केन्द्र तथा परीक्षासँग सम्बन्धित अन्य सबै विवरण www.tusc.tu.edu.np र आयोगको सूचना पाटीमा उपलब्ध हुनेछ।

तपाईको बिचार