काठमाडौं । हिन्दू राष्ट्र पुनस्स्थापनाको माग लिए ओमकार परिवार पनि सडकमा उत्रिने भएको छ । सम्पूर्ण ॐकार परिवारका धार्मिक संघसंस्थाहरूको सहभागितामा विहीबार जनप्रदर्शन गर्न लागिएको हो ।
विश्व ओमकार एकता महाअभियानद्वारा जारी विज्ञप्तिका अनुसार ‘सनातन हिन्दुराष्ट्र सहितको सामाजिक सद्भाव एवम् राष्ट्रिय एकताको लागि शान्तिपूर्ण धार्मिक जन प्रदर्शन’ आयोजना गरिने छ । उक्त धार्मिक जनप्रदर्शनमा ॐकार परिवारका स्वामी एवं धार्मिक गुरुहरु, अभियन्ता एवम् धर्म अनुयायीहरुको सहभागिता रहने जनाइएको छ ।
महाअभियानका संयोजक डा। चिन्तामणिनाथ योगीले विशाल सहभागितामा शान्तिपूर्ण, सभ्य एवं मर्यादित कार्यक्रम हुने बताएका छन् । जनप्रदर्शन अन्तरगत पशुपति गौशालादेखि पुरानो बानेश्वर(मैतिदेवी हुँदै रत्नपार्क शान्तिबाटिकासम्म र्याली निकाल्ने उनले जानकारी दिए ।
तपाईको बिचार