हात्तीको आक्रमणमा परी वृद्धकाे मृत्यु भएपछि स्थानीयले गरे राजमार्ग अवरुद्ध

हात्तीको आक्रमणमा परी वृद्धकाे मृत्यु भएपछि स्थानीयले गरे राजमार्ग अवरुद्ध

537

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणको लागि दिगो समाधान खोज्न उनीहरूको माग छ । सडक अवरुद्ध भएपछि अहिले लामो तथा छोटो दूरीको यातायात ठप्प भएको छ । सडक सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएका छन् ।

यसैबीच, सडक अवरुद्ध खुलाउन स्थानीयबासीसँग वार्ता गरी बाटो खुलाउन प्रयास भइरहेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज प्रशासन र स्थानीयवासीबीच वार्ता गरी राजमार्ग खुलाउन प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।

गएराति ठाकुरबाबा नगरपालिका-२, बलाटीका ७१ वर्षीय बोलिराम थारुको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । राति आफ्नो घर नजिकैको खेतमा हात्तीले गहुँ खाएको थाहा पाएपछि धपाउन निस्केका थारुको हात्तीले आक्रमण गरेर मृत्यु भएको थियो ।

तपाईको बिचार