गुटउपगुटले आफ्नाे स्वार्थअनुसार पार्टीलाई अगाडि बढाउन खाेज्दा समस्या देखियाे:सिंह

गुटउपगुटले आफ्नाे स्वार्थअनुसार पार्टीलाई अगाडि बढाउन खाेज्दा समस्या देखियाे:सिंह

669

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको महाधिवेशन पार्टीकाे विधान र नेपालकाे संविधानमा भएकाे प्रावधानअनुसार सबैलाई मिलाएर गरिने बताएका छन्। आज नेपाली कांग्रेस धनुषाले पार्टी कार्यालयमा आयाेजना गरेकाे कार्यक्रममा बाेल्दै उनले महाधिवेशनबारे धारणा राख्नुभएकाे हाे । कांग्रेस राजनीतिक पार्टी भएकाले पार्टीभित्र सबैकाे समेटेर अघि बढ्नुपर्नेमा जाेड दिए ।

`विधि नियमअनुसार परिस्थिति हेरेर पार्टीको महाधिवेशन हुने हाे । बहुदलीय व्यवस्था पुनःस्थापन भएदेखि नै ४ वर्षमा कहिल्यै महाधिशेन भएकै छैन । कांग्रेस राजनीतिक पार्टी हाे । पार्टीकाे विधान, देशकाे संविधानकाे प्रावधानअनुसार सबैलाई मिलाएर महाधिवेशन हुने हाे,´ कांग्रेस पूर्वमहामन्त्री सिंहले भने।

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री समेत रहेका सिंहले
कांग्रेसमा आन्तरिक व्यवस्थापन हुन नसक्दा बलियाे भएर पनि पार्टी कमजाेरजस्ताे देखिएकाे बताए । ` कांग्रेस बलियाे छ । आन्तरिक व्यवस्थापन गर्न नसक्दा हामी कमजाेर भईरहेका छाैं ,´ उनले भने,` समस्या पत्ता लगाइसकेपछि समाधान कसले गर्छ ? हामीले गर्ने हाे । पार्टीलाई व्यवस्थित गर्ने, सबैलाई स्थान दिनेगरि पार्टी संगठनलाई अघि बढाऊँ ।´

कांग्रेस पार्टीलाई केन्द्रमा राखेर साेचे पार्टीभित्र वृहत्तर एकता कायम हुने भन्दै अहिले कांग्रेसलाई साइडलाईनमा राखेर आफ्ना गुटहरू, उपगुटहरूलाई केन्द्रमा राख्ने स्वार्थी प्रवृत्ति देखापरेकाेमा चिन्ता व्यक्त गरे । उनले पार्टीभित्रका मनमुटाव समयमै व्यवस्थापन गर्नुपर्ने र त्यसका लागि पार्टीकै नेता कार्यकर्ता सक्रिय हुनुपर्ने बताए । पार्टीकाे नीति सिद्धान्तलाई केन्द्रमा राखे पार्टीभित्रकाे विभाजित मानसिकताकाे अन्त्य हुने सिंहकाे भनाई थियाे ।

उपप्रधानमन्त्री सिंहले नेपाली कांग्रेसकै नेतृत्वमा संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान जारी भएकाे भन्दै यसलाई सुदृढ र संस्थागत गर्नुपर्नेमा जाेड दिए । आम नागरिकलाई अधिकारसम्पन्न बनाउन जनचाहना अनुसारनै अहिलेकाे सरकारले काम गरिरहेकाे पनि उनले बताए। राजनीतिक स्थीरताकाे जगमा विकास र समृद्धिका लागि सरकारले काम गरिरहेकाे सिंहले प्रष्ट पारे।

कार्यक्रममा कांग्रेस प्रचार प्रसार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा, कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर, आनन्दप्रसाद ढुँगाना, गुरु बराल पनि सहभागी थिए । कांग्रेस पूर्वमहामन्त्री सिंह धनुषामा रहँदा आज नेपाली कांग्रेस प्रचार प्रसार विभागले आयाेजना गरेकाे कार्यक्रममा पनि आज सहभागी हुनेछन्।

तपाईको बिचार