कालीमाटीमा एक जना मृत भेटिए, चार जना पक्राउ

843
दिनभर कालीमाटी बजारमा काम गर्ने मकवानपुरका ४१ वर्षीय रामकृष्ण दाहाल बुधबार बिहान मृत भेटिएको प्रहरीले जानकारी दिएको छ । उनी राति साथीहरूसँग समूहमा बस्ने गर्थे । बुधबार बिहान कोठा नजिकै शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

काठमाडौँ परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार पक्राउ परेका चार जना पनि तरकारी बजारमै काम गर्ने र सँगै बस्ने व्यक्तिहरू रहेका छन् । अहिले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरी परिसरको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ ।

तपाईको बिचार