ओखलढुङ्गा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मोलुङ गाउँ कमिटीमा तोया काफ्लेको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ।
माघ २९ र ३० मा भएको दोस्रो अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो।
सो कमिर्टीको उपाध्यक्षमा लाल प्रसाद ढकाल ,सचिव इन्द्र बा तामाङ (अर्जुन )
उप सचिव खड्ग बहादुर तामाङ,उप सचिव–कविता कुमारी भट्टराई निर्वाचित भएका छन् ।
२९ गते सो अधिवेशनको एमाले केन्द्रीय सदस्य तथा ओखलढुङ्गा इन्चार्ज यज्ञराज सुनुवारले उद्घाटन गरेका थिए। उद्घाटन पश्चात उत्तम राईको नेतृत्वमा अध्यक्ष मण्डल गठन भएको थियो ।
तपाईको बिचार