महाकुम्भमा भाइरल बनेकी मोनालिसा नेपाल आउँदै

महाकुम्भमा भाइरल बनेकी मोनालिसा नेपाल आउँदै

681

जनकपुरधाम । भारतको उत्तर प्रदेशस्थित महाकुम्भमा रुद्राक्ष माला बेच्दाबेच्दै भाइरल भएकी मोनालिसा नेपाल आउने भएकी छन्।

रौतहटको मोलापुरमा आयोजना हुने मधानी महोत्सवमा मोनालिसा पनि आउन लागेकी हुन्। महोत्सवमा सांस्कृतिक कार्यक्रमका लागि निर्देशक सनोज मिश्रा र मोनालिसा आउने निश्चित भएको हो।

मिश्रा र मोनालिसाले मधानी महोत्सवमा आउन लागेको भिडिओ बनाएका छन्, जुन भिडिओ संघीय सांसद प्रभु साहले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।

सांसद साहकी श्रीमती रिना मौलापुर नगरपालिकाकी नगरप्रमुख हुन्। उनले हरेक वर्ष महाशिवरात्रिको अवसरमा मधानी महोत्सवको आयोजना गर्दै आएकी छन्।

सांसद साहले ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्रा र नायिका मोनालिसाको आगमनले महोत्सवको आकर्षण थप बढाउने विश्वास व्यक्त गरेका छन्।

महोत्सव फाल्गुन ११ देखि १५ गतेसम्म चल्नेछ। फाल्गुन १४ मा मधानी सांस्कृतिक कार्यक्रम आयोजना हुने छ र सो कार्यक्रममा मोनालिसा सहभागी हुनेछिन्।

तपाईको बिचार

सम्बन्धित खबर