साउदीले मरूभुमीमा गरिरहेछ खेती, भारतको मरूभुमीमा फलाइयो आँप

साउदीले मरूभुमीमा गरिरहेछ खेती, भारतको मरूभुमीमा फलाइयो आँप

601

काठमाडौं । मानिस र सरकारले प्रयास गरे मरुभूमिलाई हरियाली र बस्न योग्य बनाउन सकिने वैज्ञानिकहरुको विश्वास बढाएका छन् ।

तर, यसका लागि ठूलो लागत र योजनाबद्ध काम भने जरूरी देखिएको छ । सिँचाइ र खानेपानी व्यवस्थापनबाट यो सपना साकार पार्न सकिने विज्ञहरुको भनाइ छ । यसका साथै मरुभूमिको इको सिस्टम अध्ययन गरी आधुनिक प्रविधिको प्रयोग गरी हरियाली भूमि निर्माण गर्न सकिन्छ । यसका पुष्टी साउदी अरबको अल बैदा परियोजना र भारतको थार मरूभुमीमा आँप फलाएर देखाइसकेका छन् ।

साउदीले कसरी मरुभूमिमा खेती गर्यो ?

साउदी अरेबिया जस्तो मरुभूमि देशमा धेरै कम वर्षा हुन्छ तर जब पानी पर्छ, ठूलो मात्रामा पानी पर्छ। अप्रिल २०२१ मा साउदी अरबका धेरै शहरहरू जलमग्नताको शिकार भएका थिए ।

तर, यो जलमग्नताको चुनौतीलाई अवसरमा परिणत गर्दै अल-बैदा आयोजनाका पूर्व निर्देशक तथा कृषि विज्ञ नाइल स्पेकम्यानले  वर्षाको पानीलाई जमिनमा जम्मा गर्न सके यो दिगो पानीको स्रोत बन्न सक्ने बताए पछि यो प्रयास सुरू भएको हो ।

विज्ञहरूले गाउँलेहरूसँग मिलेर पश्चिमी उपत्यकाको चट्टानी पर्खालहरूमा बाँध र टेरेसहरू निर्माण गर्न काम गरे। यसका साथै वर्षाको पानी जम्मा गर्न केही किलोमिटर लामो नाली पनि निर्माण गरियो । यो पानी खाँचोमा परेका क्षेत्रमा पुर्याइन्छ, जसका कारण यो जमिनमा पुगेर पानीको सतहलाई कायम राख्छ। यसले यहाँ यति धेरै परिवर्तन ल्यायो कि जहाँ पहिले बालुवा र ढुङ्गा थिए, अहिले त्यहाँ रुख, बोटबिरुवा र घाँस उम्रिन थालेका छन् । यो प्रविधि अब उत्तर अफ्रिकी देशहरूमा पनि मरुभूमिको फैलावट रोक्नको लागि अपनाइएको छ।

थार मरुभूमिमा आँप फलाइयो

भारतको राजस्थान राज्यको दक्षिणी क्षेत्रमा किसानहरूले आँप खेती गर्छन् तर थार मरुभूमिमा अत्यधिक गर्मी र पानीको अभावका कारण आँपको बगैचा लगाउन निकै गाह्रो भइरहेको थियो । आँपका रुखहरू पानी नहुँदा सुकिरहेका थिए ।

तर, यसका बावजुद खिन्वसर तहसीलका एक किसान रामेश्वर सोनीले मरुभूमिमा आँपको सफल खेती गरेर उदाहरण देखाए उनले आफ्नो बगैंचामा केसर जातका दुईवटा आँप लगाएका छन्, जसले केही वर्षमै फल दिन थालिसकेको छ ।

रामेश्वरलाई प्रोपर्टी डिलरका साथै बगैंचामा पनि रुचि छ । उनलाई आँपको रुख रोप्ने ठूलो रहर थियो । त्यसैले उनले उनका साथी पुष्करबाट दुईवटा आँपको बिरुवा अर्डर गरे र आफ्नो बगैंचामा रोपेका थिए । उनले रासायनिक मलको सट्टा प्राङ्गारिक मल प्रयोग गरे र नियमित सिँचाइ गरे । यही हेरचाहको नतिजा केही वर्षभित्रै दुवै आँपका रुखले फल दिन थाल्यो ।

सोही क्रममा किसानले यसका लागि ७ देखि ८ फिट गहिरो खाडल खन्नुपर्ने बताए । यस खाडलमा गाईको गोबर, बालुवा, स्थानीय मल र पोखरीको कालो माटो मिसाउनु पर्छ । यस पछि मात्रै बिरुवा रोपिन्छ र नियमित सिंचाई गरिन्छ। बिरुवाहरूलाई कीराहरूबाट जोगाउन पनि सिलिकन पाउडर छर्कन आवश्यक छ।

तपाईको बिचार

सम्बन्धित खबर