धनगढी । कैलालीको धनगढीबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-३ त्रिनगर पुल नजिकबाट गोदावरी नगरपालिका-३ बस्ने २७ वर्षीय दिपक सुवेदी पक्राउ परेका हुन्। सुवेदीलाई ५९० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
यस्तै धनगढी उपमहानगरपालिका-३ मिलन चोकबाट सोही ठाउँ बस्ने २१ वर्षीय निराजन बिष्ट पक्राउ परेका छन्। बिष्टलाई ११० मिलिग्राम खैरो हेरोइनसहित वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
तपाईको बिचार